तनहुँ। तनहुँको शुक्लागण्डकी–७ शेराटारमाशेरामा बस दुर्घटना भएको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार पोखराबाट भैरहवाका लागि छुटेको ग २ ख १८३६ नम्बरको बस दुर्घटनामा परेको हो ।
प्रारम्भिक जानकारी अनुसार, बसमा करिब ३० जना व्यक्ति सवार रहेका थिए ।
दुर्घटनामा २७ जना घाइते भएका छन् । घाइतेलाई जीपी अस्पताल बेलचौतारामा उपचारका लागि लगिएको छ ।
स्थानीय र प्रहरीसहित मिलेर उद्धारको काम भइरहेको र दुर्घटनाको थप विवरण आउन बाँकी रहेको छ ।