Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सेटिङमा कसरी छुटे फेक रेस्क्युका नाइके कँडेल ?

सेटिङमा कसरी छुटे फेक रेस्क्युका नाइके कँडेल ?

शुक्रवार , बैशाख ११, २०८३

काठमाडौं । फेक रेस्क्युका नाइकेमध्ये एक मानिएका श्यामसुन्दर कँडेलले एक दिन पनि हिरासतमा नबसी उन्मुक्ति पाएका छन्। एयर डायनिष्टी हेलि सर्भिसका मालिक कँडेल गत सोमबार जिल्ला अदालत काठमाडौंको आदेशमा १० लाख रुपैयाँ धरौटीमा छुटेका हुन्।  

कँडेलका पाटर्नर रहेका जयराम रिमाललाई दुई महिना हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरेको थियो । तर,  कँडेलको हकमा भने प्रहरीले फरक व्यवहार गर्यो ।

अदालतमा प्रहरीले मुद्दा बुझाएलगत्तै उपस्थित भएर छुट्नुले प्रहरीले उनलाई पक्राउ गर्न चासो नदिएको प्रष्ट भएको छ । गत सोमबार न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले उनलाई धरौटीमा छाड्ने आदेश दिएको हो । 

फेक रेस्क्युका नाममा भएको ठगीमा मुख्य आरोपीमध्ये एक कँडेल हुन्। उनले यही धन्दाबाट अर्बको सम्पत्ति जोडिसकेका छन्। फरार रहेकै अवस्थामा उनले फेक रेक्युका प्रमाण हटाउन र चार्टड फ्लाइटको आवरण दिन राजेन्द्रबहादुर सिंहसँग गरेको कुराकानी समेत बाहिर आइसकेको छ ।  

उनले यही धन्दाबाट करोडौं सम्पत्ति जोडिसकेका छन्। तर, सामान्य धरौटीमा छुटेपछि आश्चर्य मानिएको छ। 

उनको फेक रेस्क्युबाट कमाएको पैसा एयर डायनेष्टिसहित फ्लाइट कनेक्सन इन्टरनेशनल, होटल ग्रिन पार्क चितवन, श्वाकन इन्टरनेशनल हस्पिटल, बागमती फाइबर एण्ड मेटल, ज्वाइन्ट भेन्चर इन्भेष्टमेन्ट कम्पनी, ट्रष्ट नेष्ट रियल स्टेट, गोल्डेन फाम्र्स लगायत कम्पनीमा लगानी गरेका छन्। त्यही अकुत सम्पत्ति खर्च गरेर उनले उन्मुक्ति पाएको चर्चा पर्यटन क्षेत्रमा छ । 

सीआइबीले जयराम रिमालसहित एभरेस्ट एक्सपिरियन्स एन्ड असिसटेन्स प्रालिका सुवास केसी र मुक्ति पाण्डे, नेपाल चार्टर सर्भिस प्रालिका रवीन्द्र अधिकारी, मास्टर हिमालय ट्रेक्सका विवेक पाण्डे, नेपाल चार्टर सर्भिसका अपरेसन म्यानेजर विवेक थपलिया, श्रीद्धि इन्टरनेसनल अस्पतालका सञ्चालक डा. गीर्वाणराज तिमिल्सिना, विमान सेवा सञ्चालक संघका पूर्वउपाध्यक्ष राजेन्द्रबहादुर सिंह र रोयल होलिडे एडभेन्चरका सञ्चालक सन्दीप तिवारी लगायतलाई मुद्दा चलाइसकेको छ । ३३ जनामध्ये सिआइबीले ११ जनालाई पक्राउ पक्राउ गरेको थियो। 

यो धन्दामा संलग्न अरु धेरै  ट्रेकिङ कम्पनी, हेलिकोप्टर कम्पनी र अस्पतालका सञ्चालकरू अनुसन्धानकै दायरामा आएका छैनन्। मुद्दा दायर भएकाहरुले पनि सहजै उन्मुक्ति पाएका छन् । यसमा ठूलै चलखेलको आशंका गरिएको थियो।

मुद्दा कमजोर बनाउनका लागि उनीहरुले सामूहिक रुपमा सात करोड रुपैयाँ जम्मा गरेको स्रोत बताउँछ । जून पैसा प्रहरीदेखि सरकारी वकिल कार्यालय लगायत कार्यालयमा खर्च भएको चर्चा छ।

उनीहरुले सम्पत्ति शुद्धीकरणको अनुसन्धान पनि कमजोर बनाउन केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा चलखेलको प्रयास गरिरहेका छन्। 

यद्यपी आईजीपी दानबहादुर कार्की र महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलबीच केही दिन अघि भएको छलफलपछि फेक रेस्क्युको अनुसन्धान पुनः कडाइका साथ अगाडि बढेको एक उच्च प्रहरी अधिकारीले बताएका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077