Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

हेलिकप्टरमार्फत सुत्केरी महिलाको उद्धार

हेलिकप्टरमार्फत सुत्केरी महिलाको उद्धार

बिहिवार , बैशाख १०, २०८३

बाजुरा । जिल्ला अस्पताल बाजुराबाट एक सुत्केरीको हेलिकप्टरमार्फत आज उद्धार गरिएको छ । 

बिहीबार सुत्केरी व्यथा लागेर आएकी बुढीनन्दा नगरपालिका–१० पाण्डुसैनकी २८ वर्षीया सनिता ल्वारले सुत्केरी गराइसकेपछि पनि रक्तस्राव र बच्चाको शालमा समस्या देखिएपछि सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।

सनिताको उद्धार गरि सुर्खेत प्रादेशिक अस्पताल पठाइएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए ।

राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सो उद्धार गरिएको हो । 

ग्रामीण र दुर्गम क्षेत्रका गर्भवती तथा प्रसूति महिलाहरुको हवाई-उद्धार गर्ने उद्देश्यले उक्त कार्यक्रम अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा २०७३ फागुन २४ गते पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रपति महिला उत्थान कार्यक्रम सञ्चालनको शुभारम्भ भएको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077