Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राजीनामा दबाब थेग्न नसकेपछि पुन: सभापति भेट्न बुढानिलकण्ठ पुगे गृहमन्त्री

राजीनामा दबाब थेग्न नसकेपछि पुन: सभापति भेट्न बुढानिलकण्ठ पुगे गृहमन्त्री

मंगलवार , बैशाख ८, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)का सभापति रवि लामिछाने भेट्न गृहमन्त्री सुधन गुरुङ बूढानीलकण्ठ पुगेका छन् । 

गृहमन्त्री गुरुङ सभापति लामिछानेलाई भेट्न उनकै निवास बूढानीलकण्ठ पुगेका हुन् । 

सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेका बिचौलिया दिपक भट्ट र शंकर ग्रुपका शुलभ अग्रवाल लगायतसँग गृहमन्त्रीको साँठगाँठ र उनीहरुको लगानी रहेको कम्पनीको शेयर केही दिनअघि मात्रै गृहमन्त्री गुरुङले खरिद गरेको तथ्य बाहिरिएसँगै गृहमन्त्री अहिले विवादमा मुछिएका छन् ।

भट्टसम्बद्ध स्टार माइक्रो इन्स्योरेन्स कम्पनीमा गृहमन्त्री गुरुङले आफ्नै नाममा शेयर लिएको कागजात आइतबार सार्वजनिक भएको थियोे । 

अनुसन्धानको दायरामा रहेको कम्पनीमा गृहमन्त्री आफैँ साझेदार हुँदा अनुसन्धान प्रभावित हुने भनी उनीमाथि पदबाट राजीनामा दिनुपर्ने दबाब पनि बढ्दै गएको छ ।

सार्वजनिक रुपमा चर्को आलोचना भएपछि गुरुङ पार्टी सभापति लामिछाने भेट्न पुगेका हुन् । 

यसअघि पनि आफूमाथि पार्टीको सम्भावित ‘एक्सन’ लाई लिएर गृहमन्त्री गुरुङ आइतबार राति नै रास्वपा सभापति रवि लामिछानेलाई भेट्न उनकै निवास बुढानीलकण्ठ गएका थिए । 

राती झन्डै २ घण्टा बुढानीलकण्ठमा बसेका गृहमन्त्री गुरुङलाई सभापति लामिछानेले लामिछानेले सोमबार पार्टीको बैठक बस्ने र आफ्नो कुरा बैठकमै राख्न सकिने जवाफ दिएका थिए ।

यद्यपी गृहमन्त्रीबारे रास्वपा केन्द्रीय समिति बैठकमा कुनै छलफल भएको छैन ।

गृहमन्त्री गुरुङले भने सोमबार सामाजिक सञ्जालमार्फत आफूमाथि लागेको आरोपबारे छानबिनका लागि सघाउन तयार रहेको भन्दै स्पष्टीकरण दिएका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077