Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पहाडी भेगमा वर्षा, तराईमा गर्मी बढ्ने सम्भावना

पहाडी भेगमा वर्षा, तराईमा गर्मी बढ्ने सम्भावना

शुक्रवार , बैशाख ४, २०८३

काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव कायम रहको छ । जसको प्रभावले यतिबेला पहाडी तथा हिमाली क्षेत्रमा बादलको लुकामारी चलिरहेको छ भने तराईका जिल्लाहरूमा टन्टलापुर घामसँगै गर्मी बढ्न थालेको छ।

अहिले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बदलीको अवस्था छ । गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा त मेघगर्जन र चट्याङसहित हल्का वर्षा समेत भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अन्य पहाडी भेगमा आंशिक बादल लागे पनि तराई क्षेत्रको मौसम भने सामान्यतया सफा नै रहेको देखिन्छ ।

मौसम विज्ञान विभागले शुक्रबारको पूर्वानुमान जारी गर्दै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ।

यी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षा हुने देखिन्छ। यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च हिमाली भू–भागका एक–दुई स्थानमा समेत हल्का हिमपातको प्रक्षेपण गरिएको छ।

पहाडमा वर्षाको सम्भावना रहँदा तराई र भित्री मधेसमा भने गर्मीको राप बढ्ने सङ्केत छ। मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो दिनको सम्भावना रहेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077