Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गृहमन्त्री गुरुङद्वारा नारायणगढ-बुटवल सडक खण्ड अनुगमन

गृहमन्त्री गुरुङद्वारा नारायणगढ-बुटवल सडक खण्ड अनुगमन

मंगलवार , बैशाख १, २०८३

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले नारायणगढ-बुटवल सडक खण्डको अनुगमन गरेका छन् । 

अनुगमनका क्रममा आज गृहमन्त्री गुरुङले सम्बन्धित निकाय र ठेकेदार कम्पनीलाई निर्धारित समयमै काम सम्पन्न गर्न निर्देशन दिए।

गृहमन्त्री गुरुङले काम समयमा सम्पन्न नगर्दा यात्रुहरूले सास्ती भोग्नुपरेको, दैनिक आवागमन प्रभावित भएको र दुर्घटनाको जोखिम बढेकाले यस अवस्थाको चाँडो अन्त्य गर्न निर्देशन दिएका हुन् ।
 
त्यसैगरी काममा ढिलाइ भएको विषयमा उनले चिनियाँ ठेकेदार कम्पनीलाई ध्यानाकर्षणसमेत गराएका छन् ।  

निर्माण कम्पनीका प्रतिनिधिहरूले पनि निर्माणलाई तीव्रता दिई अबको १५ दिनभित्र सडक निर्माण सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077