Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गस्तीमा गएको सेनाले आत्मरक्षाका लागि गोली चलायो, गैँडाको मृत्यु

गस्तीमा गएको सेनाले आत्मरक्षाका लागि गोली चलायो, गैँडाको मृत्यु

शनिवार , चैत्र २८, २०८२

चितवन । गस्तीमा गएको सेनाले आत्मरक्षाका लागि गोली चलाउँदा राष्ट्रिय निकुञ्जमा एक गैँडाको मृत्यु भएको छ ।

निकुञ्चभित्र गस्ती गरिरहेको गोरख गणस्थित सेहरी सुरक्षा पोष्टको टोलीलाई गैँडाले आक्रमण गरेको थियो । गैँडा धपाउनका लागि सेनाले १४ राउन्ड हवाई फायर गरेको थियो ।

हवाई फायरपछि पनि गैँडा नभाग्दा आक्रमणमा परेका सैनिको बचाउका लागि दुई राउन्ड गोली चलाएको निकुञ्चका सूचना अधिकारी अविनाश थापा मगरले बताए ।

उक्त गोली लागेर २४ वर्षको पोथी गैँडाको घटनास्थलमा मृत्यु भएको उनले बताए । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077