Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रोशीको बाढी जोखिमबारे बुझ्न स्थलगत निरीक्षण गर्दै गृहमन्त्री गुरुङ

रोशीको बाढी जोखिमबारे बुझ्न स्थलगत निरीक्षण गर्दै गृहमन्त्री गुरुङ

मंगलवार , चैत्र २४, २०८२

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ आज काभ्रेपलाञ्चोकको रोशी खोला क्षेत्रमास्थलगत निरीक्षण गर्न जाने भएका छन्।

हरेक वर्षायाममा आउने बाढीका कारण स्थानीय बासिन्दाले ठूलो सास्ती र क्षति बेहोर्नुपरेको गुनासो बढेपछि उनी वस्तुस्थिति बुझ्न त्यसतर्फ जान लागेका हुन्।

रोशी खोलामा आउने बाढीले बस्ती र खेतीयोग्य जमिनमा क्षति पुर्‍याउँदै आएको छ । वर्षातको समयमा हुने जनधनको क्षति र स्थानीयको सास्तीबारे निरन्तर गुनासो आएपछि गृहमन्त्री गुरुङले टोलीसहित प्रत्यक्ष अवलोकन गर्ने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ ।

निरीक्षणका क्रममा उनले बाढी प्रभावित क्षेत्रको वर्तमान अवस्था र उच्च जोखिममा रहेका बस्तीको वस्तुस्थितिबारे जानकारी लिनेछन् ।

स्थलगत निरीक्षणपछि गृहमन्त्रीले त्यहाँको पूर्वाधार संरक्षण, सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी, योजना तथा समन्वयका विषयमा गुरुङले सम्बन्धित निकायलाई निर्देशन दिने तयारी छ । 

गृहमन्त्री गुरुङको रोशी खोला निरीक्षण कार्यक्रमअघि मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइएको छ ।

गृहमन्त्रीको सचिवालयका अनुसार मन्त्रिपरिषद्को बैठकमा सहभागी भएपछि मात्रै गृहमन्त्री गुरुङ त्यहाँ प्रस्थान गर्नेछन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077