Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पहाडी र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

पहाडी र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

सोमवार , चैत्र २३, २०८२

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायु प्रभाव रहेको छ । जसको प्रभावले देशका विभिन्न भागमा मौसम बदलीसँगै वर्षा र हिमपात हुने सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी तथा हिमाली भूभागमा सामान्यतया बादल लागेको अवस्था छ। तराईका अन्य क्षेत्रमा भने मौसम सफा देखिएको छ । 

गण्डकी प्रदेशका पहाडी क्षेत्रका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ। यस्तै कर्णाली, सुदूरपश्चिम, लुम्बिनी, बागमती र कोशी प्रदेशका पहाडी भू-भागका केही स्थानमा पनि फाट्टफुट्ट पानी परिरहेको छ भने उच्च हिमाली भेगमा हिमपातको प्रक्रिया जारी छ।

सोमबार दिनभर देशका पहाडी र हिमाली क्षेत्रमा बादल लाग्ने र बाँकी भागमा पनि आंशिक बदली हुने देखिएको छ। महाशाखाका अनुसार आज पहाडी तथा हिमाली भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। 

वर्षा र चट्याङको सम्भावना रहेकाले पहाडी भेगका बासिन्दालाई सतर्क रहन मौसमविद्ले आग्रह गरेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077