Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

तीन पूर्वप्रधानमन्त्रीमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान अघि बढ्यो

तीन पूर्वप्रधानमन्त्रीमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान अघि बढ्यो

आइतवार , चैत्र १५, २०८२

काठमाडौं । तीन पूर्वप्रधानमन्त्री, दुई पूर्वमन्त्री तथा तिनका परिवारको सम्पत्तिमाथि अनुसन्धान अघि बढेको छ।

सार्वजनिक ओहदा दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको आशंकामा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री त्रय शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल को सम्पत्तिमाथि अनुसन्धान अघि बढाएको हो । 

भदौ २४ मा भएको जेनजी आन्दोलनका क्रममा बूढानिलकण्ठस्थित पूर्वप्रधानमन्त्री  देउवा र दाहालको घरमा जलेको रकमको टुक्रा भेटिएको थियो । 

जसकारण पूर्वप्रधानमन्त्री देउवाको बुढानिलकण्ठस्थित निवास भत्काउने काम समेत रोकिएको छ । जेनजी प्रदर्शनमा आगजनी भएको घर भत्काएर त्यहाँ नयाँ संरचना बनाउन खोजिँदै गर्दा जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्देशनमा भत्काउन रोक लगाइएको छ ।

जेनजी आन्दोलनको प्रतिवेदन कार्यान्वयनका लागि भन्दै केपी शर्मा ओली हिजो नै पक्राउ परिसकेका छन् ।

यसै क्रममा आइतबार बिहान कांग्रेस नेता तथा पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का पक्राउ परेका छन्। 

गृहमन्त्री सुधन गुरुङले खड्कालाई जेनजी आन्दोलनमा उनको घरबाट बरामद भएको रकमको अनुसन्धान गर्नका लागि पक्राउ गरेको जानकारी गराएका थिए। प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी)ले खड्कालाई सोमबार बिहान उनी बस्दै आएको अपार्टमेन्टबाट पक्राउ गरेको थियो।

पूर्वमन्त्री खड्काको निवासबाट पनि ठूलो मात्रामा नेपाली नोट र डलर जलेको अवस्थामा फेला गरेको थियो ।

सम्पत्ति शुद्धीकरण विभागले जनेजी आन्दोलनमा देउवा निवास बुढानीलकण्ठमा पैसा जलेको विषयमा यसअघिदेखिनै अनुसन्धान गरिरहेको छ। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077