Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकियो चैती छठ

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकियो चैती छठ

बुधवार , चैत्र ११, २०८२

काठमाडौं । मिथिला क्षेत्रमा आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चैती छठ सकिएको छ ।

चैती छठको चौथो एवं अन्तिम दिन आज बिहानै व्रतालु छठघाटमा पुगी जलाशयमा पसेर उदाउँदो सूर्यलाई अर्घ दिई चैती छठ पर्व सम्पन्न गर्ने परम्परा छ । 

यसअघि हिजो बेलुका अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका थिए ।

नेपाल र भारतको मिथिला क्षेत्रमा आइतबार चतुर्थी तिथिदेखि धार्मिक विधिपूर्वक शुरू भएको चार दिने चैती छठ उत्सवअन्तर्गत आइतबार व्रतालुले नहाँ खा र सोमबार खरना मनाएका थिए । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077