Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

शव बोकेको हेलिकोप्टर खोटाङमा दुर्घटना

शव बोकेको हेलिकोप्टर खोटाङमा दुर्घटना

बुधवार , चैत्र ४, २०८२

खोटाङमा। खोटाङमा बुधबार एयर डाइनेष्टिको हेलिकोप्टर दुर्घटना भएको छ । 

हेलिकोप्टर जिल्लाको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेसीमा दुर्घटना भएको हो । 

केपिलासगढी गाउँपालिका अध्यक्ष समीर राईका अनुसार हेलिकोप्टर काठमाडौंबाट शव बोकेर ल्याएको थियो । 

त्यहाँकै स्थानीय डाकमणी राईकी श्रीमतीको बेलायतमा मृत्यु भएपछि अन्तिम संस्कारका लागि शव लिएर हेलिकप्टर गाउँ पुगेको थियो ।

उक्त हेलिकोप्टर ल्यान्ड गर्ने क्रममा बारीको डिलबाट उठाएर बारीको बीचमा लैजान खोज्दा दुर्घटना भएको अध्यक्ष राईले बताए । 

खोटाङ प्रहरीका अनुसार दुर्घटनामा परेर एकजनाको खुट्टामा चोट लागेको छ । खुट्टामा चोट लागे पनि दुर्घटनामा ठुलो मानवीय क्षति भने भएको छैन ।

साथै घटनाबारे थप विवरण संकलनको क्रममा रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077