Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सिटिजन्स बैंकको कञ्चनबारी शाखामा पाँच करोड हिनामिना, पाँच कर्मचारी निलम्बित

सिटिजन्स बैंकको कञ्चनबारी शाखामा पाँच करोड हिनामिना, पाँच कर्मचारी निलम्बित

सोमवार , चैत्र २, २०८२

विराटनगर। सिटिजन्स बैंकमा करिब पाँच करोड रुपैयाँ हिनामिना भएको तथ्य सार्वजनिक भएको छ। 

बैंकको विराटनगरस्थित कञ्चनबारी शाखामा ४ करोड ९१ लाख रुपैयाँ  हिनामिना भएको पाइएको हो । 

कर्मचारीहरूकै मिलेमतोमा ४ करोड ९१ लाख रुपैयाँ अनियमितता भएको तथ्य सार्वजनिक भएपछि बैंकले घटनामा संलग्न रहेका मुख्य आरोपीसहित ५ जना कर्मचारीलाई निलम्बन गरिसकेको छ।

बैंक प्रशासनले संलग्न कर्मचारीहरूलाई निलम्बन गरी कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा जाहेरी दिएको थियो ।  

बैंकका कर्मचारीहरूले सर्वसाधारणले मुद्दति निक्षेपमा राखेको रकमलाई धितो मानी नक्कली कर्जा फाइल खडा गरेर रकम निकालेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

घोटाला प्रकरणमा कञ्चनबारी शाखाकी अपरेसन इन्चार्ज रोजी कणेलसहित लाई ४ जना कर्मचारीलाई मुख्य आरोपी बनाइएको छ ।

कणेलले आफूले एक्लै यो कार्य गरेको स्वीकार गरिसकेकी छिन् भने हिनामिना भएको रकम फिर्ता गर्ने सर्तमा आफ्नो एउटा सम्पत्ति (जग्गा) बैंकको नाममा दिइसकेकी छिन् । 

प्रहरीले थप अनुसन्धानका लागि बैंकसंग सबै कर्मचारीको विस्तृत विवरण मागेर प्रक्रिया अघि बढाएको छ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077