Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

युद्धपोत पठाउन चीन, जापान, बेलायतलाई डोनाल्ड ट्रम्पको अपील

युद्धपोत पठाउन चीन, जापान, बेलायतलाई डोनाल्ड ट्रम्पको अपील

आइतवार , चैत्र १, २०८२

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘स्ट्रेट अफ हर्मुज’ (हर्मुजको जलडमरूम) लाई खुला र सुरक्षित राख्न चीन, जापान, दक्षिण कोरिया र बेलायतलाई पनि आफ्ना युद्धपोत पठाउन अपील गरेका छन् ।

कुनै पनि हालतमा ‘स्ट्रेट अफ हर्मुज’ खोल्ने उनको अडान छ । ‘हर्मुजबाट’ तेल प्राप्त गर्ने देशहरूले यसको ख्याल राख्नुपर्ने उनले बताए ।

अमेरिकी राष्ट्रपतिले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसियल’मा अमेरिकाले इरानको सैन्य शक्तिलाई नष्ट गरिसकेको दाबी गरेका छन् ।

‘स्ट्रेट अफ हर्मुज’ ले विश्वव्यापी समुद्री तेल व्यापारको झन्डै २० प्रतिशत हिस्सा ओगटेको छ । यद्यपि यो मार्ग भएर आउजाउ गर्ने जहाजहरूमा आक्रमण भइरहँदा विश्वव्यापी रूपमा चिन्ता बढेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077