Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

इरानी नागरिकलाई ‘अन–अराइभल’ भिसा बन्द, अब दूतावासबाटै भिसा लिनुपर्ने

इरानी नागरिकलाई ‘अन–अराइभल’ भिसा बन्द, अब दूतावासबाटै भिसा लिनुपर्ने

शुक्रवार , फाल्गुण २९, २०८२

काठमाडौं । नेपाल सरकारले इरानी नागरिकलाई दिँदै आएको ‘अन–अराइभल’ भिसा सुविधा बन्द गर्ने निर्णय गरेको छ।

अध्यागमन विभागले शुक्रबार विज्ञप्ति जारी गर्दै इरानका नागरिकले अब नेपाल आउँदा अन–अराइभल भिसा नपाउने जानकारी दिएको हो।

विभागका अनुसार अब सरकारी तथा कूटनीतिक राहदानीबाहक बाहेकका इरानी नागरिकले विदेशस्थित नेपाली दूतावासबाट भिसा लिएपछि मात्रै नेपाल प्रवेश गर्न पाउनेछन्।

यो निर्णयसँगै नेपालमा अन–अराइभल भिसा सुविधा नपाउने मुलुकको संख्या १३ पुगेको छ। यसअघि नाइजेरिया, घाना, जिम्बाब्वे, स्वाजील्याण्ड, क्यामरुन, सोमालिया, लाइबेरिया, इथियोपिया, इराक, प्यालेस्टाइन, अफगानिस्तान र सिरियाका नागरिकलाई यस्तो सुविधामा रोक लगाइएको थियो। अब उक्त सूचीमा इरान पनि थपिएको छ।

अध्यागमन विभागले शरणार्थी स्टाटसका ट्राभल डकुमेन्ट भएका व्यक्तिले पनि नेपाल प्रवेश गर्दा विदेशस्थित नेपाली दूतावासबाट भिसा लिएर मात्र आउनुपर्ने व्यवस्था रहेको स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077