Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

वायु प्रदूषण बढ्दो, अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह

वायु प्रदूषण बढ्दो, अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह

मंगलवार , फाल्गुण २६, २०८२

काठमाडौं। पछिल्लो समय देशका प्रमुख सहरहरूमा वायु प्रदूषण अत्यधिक बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।

मन्त्रालयले वायु प्रदूषणका कारण मानव स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन अपिल गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार काठमाडौं, पोखरा, विराटनगरलगायत तराईका विभिन्न क्षेत्रको हावामा हानिकारक पर्टिकुलेट म्याटर (पीएम २.५) को मात्रा निकै बढेको छ ।

हावामा पीएम २ दशमलव ५ को मात्रा प्रतिघनमिटर ५० भन्दा तल भएको हावालाई स्वस्थकर मानिन्छ । ५० देखि १०० सम्मको स्थितिलाई सामान्य प्रदूषण मानिन्छ । पीएम २ दशमलव ५ को मात्रा प्रतिघनमिटर १०० देखि १ सय ५० सम्म भएमा बालबालिका, रोगीलगायत समूहका लागि अस्वस्थकर मानिन्छ । 

विश्व स्वास्थ्य संगठनले हावामा आँखाले नदेखिने धूलोका कण पीएम २.५०को मात्रा वार्षिक औसत ५ माइक्रोग्राम घनमिटरभन्दा बढी हुन नहुने मापदण्ड तय गरेको छ । यसअनुसार नेपालको हावा विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभन्दा झन्डै साढे आठगुणा बढी प्रदूषित देखिएको छ ।

हिउँदमा नेपालमा वायु प्रदूषण निकै खराब स्थितिमा पुग्ने गरेको छ । सवारीसाधनले उत्सर्जन गर्ने प्रदूषणका अतिरिक्त इँटाभट्टा र उद्योगको प्रदूषणमा हावाले भारतबाट समेत प्रदूषण सोहरेर ल्याएपछि श्वासै फेर्न मुस्किल पर्ने स्थिति निम्तिन्छ । अझ नेपालका वनजंगलमा डढेलो सल्किन थालेपछि वायु प्रदूषणको स्थिति थप खराब हुन पुग्छ ।

श्वासप्रश्वास र छालाको माध्यमबाट शरीर भित्र पस्ने यी सूक्ष्म र हानिकारक कणहरूले मानव स्वास्थ्यमा गम्भीर जोखिम निम्त्याउने बुढाथोकीले बताए ।

प्रदूषणबाट ज्येष्ठ नागरिक, गर्भवती महिला, पाँच वर्षमुनिका बालबालिका र दीर्घ रोगीहरू उच्च जोखिममा रहेकाले उनीहरूले विशेष सावधानी अपनाउनुपर्ने मन्त्रालयले जनाएको छ ।

प्रदूषणबाट बच्न मन्त्रालयले विशेष गरी बिहान र बेलुकाको समयमा घरबाहिर ननिस्कन सुझाव दिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077