Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

प्रतिवेदन बुझाएपछि जाँचबुझ आयोगले भन्यो– तथ्यका आधारमा सुझाव दिएका छौँ, अब सरकारले निर्णय गर्छ

प्रतिवेदन बुझाएपछि जाँचबुझ आयोगले भन्यो– तथ्यका आधारमा सुझाव दिएका छौँ, अब सरकारले निर्णय गर्छ

आइतवार , फाल्गुण २४, २०८२

काठमाडौं । जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित आयोगले आफ्नो प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएको छ ।

आयोगले विशेषगरी फागुन २३ र २४ गते भएका घटनाहरूको विस्तृत अध्ययन तथा तथ्य अन्वेषण गरी तयार पारेको प्रतिवेदन प्रधानमन्त्रीसमक्ष हस्तान्तरण गरेको हो ।

आयोगका सदस्य तथा पूर्व एआईजी विज्ञानराज शर्माका अनुसार प्रतिवेदनमा घटनाका आधारमा आवश्यक कारबाही गर्न तथा राम्रो काम गर्नेहरूलाई पुरस्कृत गर्न सिफारिस गरिएको छ ।

करिब ५ महिनापछि आयोगले तयार पारेको मुख्य प्रतिवेदन करिब ९ सयभन्दा बढी पृष्ठको रहेको छ । अनुसूची र अन्य प्रमाणसहित सम्पूर्ण दस्ताबेज भने करिब ८ देखि १० हजार पृष्ठको रहेको छ।

शर्माका अनुसार प्रतिवेदनमा फागुन २३ र २४ गतेका घटनाहरूलाई मसिनो रूपमा विश्लेषण गरिएको छ । जाँचबुझका क्रममा आयोगले २ सयभन्दा बढी व्यक्तिहरूसँग सोधपुछ गरेको थियो । यसका साथै विभिन्न व्यक्तिहरूको बयान लिने, साक्षी, पीडित र विशेषज्ञहरूसँग राय–सुझाव संकलन गर्ने काम पनि गरिएको आयोगले जनाएको छ ।

शर्माले भने, ‘प्रतिवेदनमा हामीले २३ र २४ गते देखेका कुराहरूको तथ्य अन्वेषण गर्ने प्रयास गरेका छौँ । हामीले देखेका, बुझेका र प्रमाणका आधारमा रायसुझाव दिएका छौँ । अब सरकारले आवश्यक कारबाही वा पुरस्कृत गर्ने जस्ता कदम चाल्नेछ ।’

जेनजी आन्दोलनको प्रतिवेदन बुझ्दै प्रधानमन्त्री सुशीला कार्कीले आफ्नै सरकारले सकेसम्म पूरै दस्तावेज सार्वजनिक गर्ने नसके निचोडमात्र भए पनि सार्वजनिक गर्ने बताएकी छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077