उदयपुर । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत उदयपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सूर्यबहादुर तामाङ विजयी भएका छन्।
आइतबार बिहान सार्वजनिक मतपरिणामअनुसार तामाङले नेकपा एमालेका उम्मेदवार अम्बरबहादुर रायमाझीलाई ७ हजार १५४ मतान्तरले पराजित गरेका हुन् ।
निर्वाचन अधिकृत लोकबहादुर कटवालका अनुसार तामाङले १४ हजार ८०२ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी रायमाझीले ७ हजार ६४८ मत प्राप्त गरेका छन् । रायमाझी २०७९ सालमा यसै क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्य थिए ।
यसैगरी नेपाली कांग्रेस का उम्मेदवार राम राईले ७ हजार २९० मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिस्ट पार्टी का सुरेश राईले ५ हजार १९७ मत पाएका छन्। श्रम संस्कृति पार्टी का बलराज राई ले ४ हजार १३९ मत प्राप्त गरेका छन् ।
यस निर्वाचन क्षेत्रमा ९६ हजार १२२ मतदाता रहेका थिए। तीमध्ये ४४ हजार ६३४ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ।