एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी आक्रमणमा मारिएका तीन अमेरिकी सैनिकको बदला लिने धम्की दिएका छन् ।
उनले थप हताहत हुन सक्ने चेतावनी पनि दिएका छन्। इजरायली प्रहरीले मध्य सहर बेत शेमेशमा इरानी क्षेप्यास्त्र आक्रमणबाट नौ जनाको मृत्यु भएको र ११ जना बेपत्ता भएको बताएको छ।
अमेरिका र इजरायलको संयुक्त आक्रमणमा इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीसँगै ४० सुरक्षा अधिकारी मारिएका छन् ।
यो आक्रमण फेब्रुअरी २८ मा भएको थियो र इरानले मार्च १ देखि ४० दिनको राष्ट्रिय शोक घोषणा गरेको छ।