Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

त्रिभुवन विमानस्थलमा अलपत्र परेका यात्रुलाई खान र बस्नको व्यवस्था

त्रिभुवन विमानस्थलमा अलपत्र परेका यात्रुलाई खान र बस्नको व्यवस्था

आइतवार , फाल्गुण १७, २०८२

काठमाडौं । मध्यपूर्वमा तनाव उत्पन्न भइ उडान रद्द भएसँगै त्रिभुवन विमानस्थलमा अलपत्र परेका अलपत्र यात्रुलाई लोकतान्त्रिक होटल व्यवसायी संघले सहयोग गर्ने भएको छ ।

नेपाली काँग्रेस निकट रहेको लोकतान्त्रिक होटल व्यवसायी संघले विमानस्थलमा अलपत्र परेका यात्रुलाई खाना र बस्नको व्यवस्था गरेको हो । 

संघका अध्यक्ष लीलाप्रसाद ढकालले विमानस्थलमा अलपत्र परेका हवाई यात्रुलाई खाना र बस्नका लागि संघले व्यवस्था मिलाइएको जानकारी गराएका छन्।

'कुनै पनि नेपाली अप्ठ्यारोमा पर्दा सबैले सकेको सहयोग गर्नुपर्छ भन्ने उद्देश्यअनुसार पार्टी सभापति गगन थापाको निर्देशनअनुसार होटल व्यवसायीले उक्त निर्णय गरेर खाना र बस्नको व्यवस्था मिलाएका हौँ,' उनले भने ।

साथै ढकालले अप्ठ्यारोमा परेका यात्रुलाई संघमा सम्पर्क गर्न समेत आग्रह गरेका छन् ।

शनिबार मध्यपूर्वका देशहरुमा तनाव बढेपछि  त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट विभिन्न सातवटा देशमा हुने उडानमा रोक लागेको छ । 

सारजहा, दोहा, दुबै, कुबेत सिटी, अबुधाबी, कतार तथा दमाम विमानस्थलमा हवाई उडानमा प्रतिबन्ध लगाइएका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट त्यहाँ हुने उडान रद्द गरिएका छन्।

उडान रद्दका कारण यात्रुहरू शनिबारदेखि नै अलपत्र परेका छन्।  आइतबार बिहान पनि यात्रुहरू अन्योलमा यताउता गरिरहेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077