Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कञ्चनपुरमा ‘ड्रोन’ प्रयोगमा रोक

कञ्चनपुरमा ‘ड्रोन’ प्रयोगमा रोक

शनिवार , फाल्गुण १६, २०८२

कञ्चनपुर । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्लामा ड्रोन प्रयोगमा रोक लगाइएको छ। 

सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीका अनुसार कुनै व्यक्ति वा निकायले अनुमति लिई सञ्चालनमा रहेका ड्रोन यही फागुन १८ गतेदेखि निर्वाचन प्रक्रिया सम्पन्न नहुँदासम्म प्रयोग गर्न नपाइने भएको छ। नियम विपरीत ड्रोन उडाएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने उनले उल्लेख गरे।

निर्वाचन हुनुभन्दा तीन दिन अगाडिदेखि निर्वाचन सम्पन्न नहुदासम्म ड्रोनको प्रयोगमा पूर्णरूपमा रोक लगाइएको उनको भनाइ रहेको छ।

यसैगरी, जिल्ला सुरक्षा समितिको निर्णयअनुसार निर्वाचन अवधिभर कञ्चनपुरमा मदिरा बिक्री, वितरण तथा सेवनमा पूर्णप्रतिबन्ध लगाइएको छ। प्रतिबन्ध उल्लङ्घन गरेमा कानुनअनुसार कारबाही हुने प्रशासनले जनाएको छ। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077