Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

टिपर धुने क्रममा करेन्ट लागेर चालकको मृत्यु

टिपर धुने क्रममा करेन्ट लागेर चालकको मृत्यु

शुक्रवार , फाल्गुण १५, २०८२

सिरहा । सिरहामा करेन्ट लागेर एक टिपर चालकको मृत्यु भएको छ। 

जिल्लाको गोलबजार नगरपालिका-२ गुरुधाममा प्रदेश २–०१–००१ क ००४५ नम्बरको टिपर सफा गर्ने क्रममा अचानक करेन्ट प्रवाह हुँदा स्थानीय ४३ वर्षीय सन्तोष साहको मृत्यु भएको हो। 

इलाका प्रहरी कार्यालय गोलबजारका अनुसार टिपर सफा गरेर पानी छ्याप्ने तयारी गरिरहेका बेला साहले टिपरको पछाडिको भाग उठाएका थिए। 

सोही क्रममा विद्युतको तारमा ढालाले छोएपछि टिपरमा करेन्ट सञ्चार भएको थियो। करेन्ट लागेर गम्भीर घाइते भएका साहलाई तत्काल उपचारका लागि  अस्पताल लैजाँने क्रममा बाटोमै मृत्यु भएको सिरहा प्रहरीले जनाएको छ ।

विद्युत् सर्ट भएपछि टिपरको केही भागमा समेत आगलागी भई क्षति पुगेको छ। मृतकको शवलाई पोस्टमार्टमका लागि लहानस्थित प्रादेशिक अस्पताल पठाइएको छ। 

साथै  घटनास्थलबारे थप थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077