Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

शान्तिपूर्ण रूपमा निर्वाचन गराउन मानवअधिकार आयोगको आग्रह

शान्तिपूर्ण रूपमा निर्वाचन गराउन मानवअधिकार आयोगको आग्रह

बुधवार , फाल्गुण १३, २०८२

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले सबै राजनीतिक पक्षलाई आसन्न निर्वाचन शान्तिपूर्ण, भयरहित र मानव अधिकारमैत्री रुपमा सम्पन्न गर्न आह्वान गरेका छन् ।

बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले सम्भावित अवाञ्छित गतिविधि नगर्न र नागरिकको मानवअधिकारको सम्मान गर्न सबैलाई आग्रह गरेका हुन् ।

मगरले सबै पक्षले धैर्यता, संयमता र सामाजिक–सांस्कृतिक सद्भाव कायम राख्न गम्भीर हुनुपर्ने र लक्षित अमर्यादित वा घृणायुक्त अभिव्यक्ति नदिनुपर्नेमा जोड दिए।

अध्यक्ष मगरले निर्वाचन खर्च पारदर्शी स्पष्ट हुनुपर्ने बताए । निर्वाचन प्रयोजनका लागि खुला गरिएको बैंक खातामा सम्पूर्ण लेनदेनको निगरानी आवश्यक रहेको उल्लेख गर्दै, आचारसंहिता उल्लङ्घन गर्ने सामाजिक सञ्जाल सञ्चालकलाई कानुनी कारबाही गरिनुपर्नेमा जोड दिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077