Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

जंगली हात्तीले आक्रमण गर्दा घाइते महिलाको उपचारको क्रममा मृत्यु

जंगली हात्तीले आक्रमण गर्दा घाइते महिलाको उपचारको क्रममा मृत्यु

बुधवार , फाल्गुण १३, २०८२

झापा । झापामा जंगली हात्तीको आक्रमणबाट घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ। 

यही फागुन ७ गते बाह्रदशी गाउँपालिका १ बोक्राझारी बस्ने लखनलाल राजवंशीकी श्रीमती ५० वर्षीया लिला राजवंशी गम्भीर घाइते भएकी थिइन्। 

उनको उपचारको क्रममा बीएसण्डसी अस्पताल बिर्तामोडमा मंगलबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। 

आफ्नो बनाउदै गरेको पक्की घरमा पानी हाल्ने क्रममा स्थानीय लक्ष्मीनाथ सामुदायिक वन भागुडुब्बाबाट आएको जंगली हात्तीले आक्रमण गर्दा राजबंशी गम्भीर घाइते भएकी थिइन्। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077