गोरखा । चट्याङ लागेर गोरखा बुंकोटमा एक बालिकाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।
मंगलबार दिउँसो ४ बजेतिर परेको चट्याङ लागेर सहिद लखन गाउँपालिका–८, बुंकोटकी १२ वर्षीया दिलिशा घर्तीमगरको मृत्यु भएको आरुघाट आधारभूत अस्पतालले जनाएको छ ।
साथै चट्याङ लागेर घाइते भएका सोही ठाउँ निवासी १३ वर्षीया दीक्षा घर्तीमगर र भीमसेन थापा गाउँपालिका–६ का २४ वर्षीय वीरेन्द्र थापामगर घाइते भएका छन् ।
उनीहरूको अवस्था भने सामान्य रहेको अस्पतालले विज्ञप्तिमार्फत जनाएको छ ।
उनीहरू तीनै जनालाई त्रिपुरासुन्दरी गाउँपालिका–३ मूलपानी खुर्सानीटार धादिङमा चट्याङले लागेको थियो । घाइते भएका तीनैजनालाई अस्पताल पुर्याउँदा दिलिशाको मृत्यु भइसकेको अस्पतालले जनाएको छ ।