Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

धादिङ बस दुर्घटना : गाडीधनी र चालक पनि रहेनन्

धादिङ बस दुर्घटना : गाडीधनी र चालक पनि रहेनन्

मंगलवार , फाल्गुण १२, २०८२

धादिङ । सोमबार राति धादिङमा भएको भीषण बस दुर्घटनामा गाडीधनी र चालक दुवैको मृत्यु भएको खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी प्रकाश दाहालका अनुसार तनहुँको व्यास नगरपालिका–४ का ४० वर्षीय ओमकुमार मल्ल उक्त बसका गाडीधनी थिए । दुर्घटनामा उनको घटनास्थलमै मृत्यु भएको पुष्टि भएको छ ।

त्यसैगरी बसका चालक कास्कीको पोखरा महानगरपालिका–१९ का २६ वर्षीय सुजित नेपाली पनि दुर्घटनामा ज्यान गुमाएका छन्।

पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ग २ ख १४२१ नम्बरको बस सोमबार राति करिब साढे १ बजे बेनीघाट रोराङ गाउँपालिका–५ भैसीगौडास्थित पृथ्वी राजमार्ग बाट तल खस्दै त्रिशूली नदी किनारमा पुगेको थियो।

दुर्घटनामा १९ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन्। घाइतेहरूको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। मृतकमध्ये तीन जना विदेशी नागरिक पनि रहेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077