Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

यी हुन् उदयपुर बस दुर्घटनमा भएका १५ जना घाइतेहरु

यी हुन् उदयपुर बस दुर्घटनमा भएका १५ जना घाइतेहरु

सोमवार , फाल्गुण ११, २०८२

काठमाडौं । कटारीबाट गाईघाटतर्फ आउँदै गरेको बा. २ ख ६२५७ नम्बरको ओखलढुंगे बस दुर्घटना हुँदा घाइते भएका १५ जनाको सनखात भएको छ । 

घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको सशस्त्र प्रहरी बलले जनाएको छ । प्रहरीका अनुसार उदयपुरगदी–७, अँधेरी, जोगीटोलस्थित मदनभण्डारी लोकमार्गमा ब्रेक फेल भएर बस दुर्घटना भएको थियो । 

अपरान्ह १२ बजेतिर बस सडकबाट करिब ४० फिट तल खसेको थियो । घाइतेहरूको उदयपुर अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले बसका चालक ४५ वर्षीय विक्रम राईलाई नियन्त्रणमा लिएको छ ।

घाइतेहरूको नाम र वतन यसप्रकार छ
टाउको, शरीरको विभिन्न भागमा चोट
उदयपुर कटारी नपा–४ बस्ने वर्ष ३५ की अनिता चौधरी 
उदयपुर ताप्ली गापा–५ बस्ने वर्ष ४० को प्रकाश भुजेल
उदयपुर कटारी नपा–५ बस्ने वर्ष ७८ को दलबहादुर तामाङ 

गम्भिर घाइते
उदयपुर उदयपुरगदी गापा–७ बस्ने वर्ष ७३ की सोममाया मगर, टाउकोमा चोट
उदयपुर कटारी नपा–२ गोलपार्क बस्ने वर्ष ६० कि सोममाया परियार

सामान्य घाइते
उदयपुर त्रिनपा–७ चुहाडे बस्ने वर्ष २१ की रेशिका बस्नेत शरीरको विभिन्न भागमा चोट 
उदयपुर रौतामाई गापा–७ बस्ने वर्ष १७ को तिलक बस्नेत
उदयपुर उदयपुरगदी गापा टाडे बस्ने वर्ष १० को दिपेश तामाङ
उदयपुर कटारी नपा–४ बस्ने वर्ष १९ की पवित्रा श्रेष्ठ
उदयपुर त्रियुगा नपा–५ बस्ने वर्ष २० की रेश्मा बस्नेत
उदयपुर कटारी नपा–३ बस्नेत वर्ष २७ को नितेश बुढाथोकी (सहचालक)
उदयपुर कटारी नपा–४ बस्नेत वर्ष १५ को प्रेम तामाङ
उदयपुर ताप्ली गापा–५ रुपाटार बस्नेत वर्ष २८ को सुवास नेपाली
उदयपुर कटारी नपा ४ बस्ने वर्ष १५ को सुजन तामाङ
उदयपुर त्रिनपा–११ बस्ने वर्ष २२ की मणिका मगर 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077