एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फ्लोरिडास्थित निजी निवास ‘मार(आ(लागो’मा सुरक्षा घेरा तोडेर प्रवेश गर्न खोज्ने एक व्यक्तिको सुरक्षाकर्मीको गोली लागेर मृत्यु भएको छ ।
अमेरिकी सुरक्षा निकाय 'सीक्रेट सर्भिस' का अनुसार शटगन र इन्धनको क्यान (जर्किन) बोकेका ती व्यक्ति उत्तरतर्फको गेटबाट भित्र छिर्न खोजेका थिए। सुरक्षाकर्मीले रोक्ने प्रयास गर्दा भएको मुठभेडमा उनको मृत्यु भएको हो ।
घटनाका बेला राष्ट्रपति ट्रम्प भने आफ्नो साप्ताहिक कार्यतालिका अनुसार वासिङ्टन डीसीस्थित ह्वाइट हाउसमा थिए । त्यहाँ थिएनन् ।
सीक्रेट सर्भिसका प्रवक्ता एन्थोनी गुग्लिएल्मीले घटनाबारे जानकारी दिँदै भनेका छन्, 'संदिग्ध व्यक्तिलाई मार-आ-लागोको उत्तरतर्फको गेटमा शटगन र इन्धनको क्यान बोकेको अवस्थामा सुरक्षाकर्मीले फेला पारेका थिए। हाम्रा एजेन्टहरूले उनलाई रोक्न खोज्दा भएको मुठभेडमा उनको मृत्यु भएको हो।'