हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका-७ बिजौनामा बस दुर्घटना भएको छ । जसमा २२ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आइतबार बिहान ७ बजे वीरगंजबाट चितवनतर्फ जाँदै गरेको बाप्र ०६-००१ ख ००५४ नं.को यात्रुबाहक बस अनियन्त्रित भई सडकको बायाँ साइडमा रहेको विद्युतको पोलमा ठोक्किँदा २२ जना घाइते भएका हुन् ।
अहिले घाइतेहरूको उद्धार गरी उपचारको लागी चितवनतर्फ पठाइसकिएको प्रहरीले जनाएको छ ।