एजेन्सी । बेलायतका राजा राजा चाल्र्सका भाइ एन्ड्रू माउन्टबेटन–विन्डसरलाई प्रहरीले रिहा गरेको छ । उनलाई बिहीबार सार्वजनिक पदको दुरुपयोग गरेको आशंकामा पक्राउ गरिएको थियो।
टेम्स भ्याली प्रहरीले साँझ जारी गरेको अद्यावधिक विवरणमा एन्ड्र्युलाई “अनुसन्धान प्रक्रियाअन्तर्गत रिहा गरिएको” पुष्टि गरेको छ। प्रहरीका अनुसार नोरफोक क्षेत्रमा गरिएको खानतलासी कार्यसमेत सम्पन्न भएको छ, तर अनुसन्धान भने जारी रहनेछ।
राजा चाल्र्स तृतीयले घटनाप्रति प्रतिक्रिया दिँदै “कानुनलाई आफ्नो काम गर्न दिनुपर्छ” बताएका छन्। उनले प्रहरी अनुसन्धानमा पूर्ण समर्थन र सहयोग रहने स्पष्ट पारेका छन्। दरबार स्रोतका अनुसार राजपरिवारले पनि विषयलाई गम्भीर रूपमा लिएको छ।
यसअघि टेम्स भ्याली प्रहरीले एन्ड्र्युको नाम यौन अपराधी जेफ्री एपस्टीनसँग जोडिएका आरोपहरूसँग सम्बन्धित विषयमा पुनः अनुसन्धान गर्ने सम्भावनाबारे विचार गरिरहेको जनाएको थियो।