Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एक नेपालीलाई बेलायतमा २५ वर्ष जेल सजाय, यस्तो छ अभियोग

एक नेपालीलाई बेलायतमा २५ वर्ष जेल सजाय, यस्तो छ अभियोग

बुधवार , मंसिर १७, २०८२

काठमाडौं । बेलायतमा एक नेपालीलाई २५ वर्षको जेल सजाय सुनाइएको छ ।

नेपाली समुदायका सात बालिका र एक महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा सोमबार क्याम्ब्रिज क्राउन कोर्टले ४९ वर्षीय प्रमोद ढकाललाई दोषी ठहर गर्दै उक्त सजाय सुनाएको हो ।

उनले नेपाली समुदायमा घनिष्ठ सम्बन्ध र पहुँच बनाई धेरै महिलाहरूमाथि यौन दुर्व्यवहार गरेको आरोप पुष्टि भएको छ ।

धार्मिक समारोहहरू गर्ने ढकालले आठ वर्षकी बालिकालाई बलात्कार गरेको क्याम्ब्रिज क्राउन कोर्टमा सुनुवाइका क्रममा अदालतलाई जानकारी दिइएको थियो ।

ढकालले १७ वर्षदेखि धार्मिक कार्यक्रम गर्दै आएको र सोही समयदेखि यौन दुर्व्यवहारमा संलग्न रहेको बताइउको छ ।

पिटरबरोको ग्रेन्ज रोड निवासी ४९ वर्षीय ढकाललाई २५ वटा यौन अपराधमा दोषी ठहर गर्दै २५ वर्षको जेल सजाय सुनाइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077