Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

उम्मेदवार बनेका पत्रकार र कलाकारलाई ज्योति मगरको चुनौती - संसदको लोभमा होइन, देशको भिजन देखाउनुहोस्

उम्मेदवार बनेका पत्रकार र कलाकारलाई ज्योति मगरको चुनौती - संसदको लोभमा होइन, देशको भिजन देखाउनुहोस्

शुक्रवार , माघ २३, २०८२

काठमाडौं । गायिका ज्योति मगरले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रास्वपाबाट उम्मेदवारी दिएका पत्रकार, कलाकार र नयाँ उम्मेदवारहरूमाथि प्रश्न उठाएकी छन् ।

मगरले आफ्नो सामाजिक सञ्जालमार्फत लेख्दै, देशलाई दीर्घकालीन निकास दिने स्पष्ट योजना वा भिजन नभएको उम्मेदवारहरू संसदको लोभमा राजनीतिमा होमिएको आरोप लगाएकी हुन् ।

उनले प्रश्न गरिन्, 'तपाईंमा के भिजन छ, जसले देशलाई दीर्घकालीन निकास देओस ? तपाईंमा के भिजन छ, जसले देश स्वाधीन र समृद्ध रहोस ?'

गायिकाले घण्टीका नयाँ उम्मेदवारहरूलाई चेतावनी दिँदै लेखेकी छन् कि उनीहरू आफ्नो दक्षता वा क्षमता नहेरी संसद ‘पड्काउने’ होडमा लागेको बताइन्।

उनी भन्छिन्, 'आजभोलि रास्वपाका चटकेहरूले तिनका उम्मेदवारको गैरजिम्मेवार तर्कको टिप्पणी गर्दा सिधै केपीको हलानो, एमालेको हलानो भन्दै गाली बक्न थाल्छन् । हैन, देश त केपी र एमालेमय नै रैछ।'

मगरले थप चेतावनी दिइन् कि समानुपातिक उम्मेदवार पनि सरकारी सेवा सुविधा, व्यवसायी–ठेकेदारसँगको सम्बन्ध र व्यक्तिगत लाभमा फँस्न सक्ने सम्भावना रहन्छ ।

उनी भन्छिन्, '५ वर्ष त पुलिसले स्यालुट हान्ला, सरकारले सेवा सुविधा देला, सरकारी कर्मचारीदेखि व्यवसायी–माफियाले काधमै चढाउँलान्, त्यसपछि के ?'

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077