Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ट्रम्प र मोदीबीच टेलिफोन वार्ता, भारतसँग नयाँ ‘व्यापार सम्झौता’ भएको दाबी

ट्रम्प र मोदीबीच टेलिफोन वार्ता, भारतसँग नयाँ ‘व्यापार सम्झौता’ भएको दाबी

मंगलवार , माघ २०, २०८२

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सोमबार भएको टेलिफोन वार्तापछि भारत–अमेरिकाबीच नयाँ व्यापार सम्झौता भएको घोषणा गरेका छन् ।

सम्झौताअनुसार अमेरिकाले भारतमाथि लगाउँदै आएको पारस्परिक भन्सार दर घटाएर २५ प्रतिशतबाट १८ प्रतिशत कायम गरिएको छ, जुन तुरुन्तै लागू हुने ट्रम्पले बताएका छन् ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै राष्ट्रपति ट्रम्पले प्रधानमन्त्री मोदीसँगको मित्रता र आपसी सम्मानका कारण भारतको अनुरोधमा व्यापार सम्झौतामा सहमति भएको दाबी गरेका छन्। उनले यस सम्झौताले दुई देशबीचको आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

ट्रम्पका अनुसार भारतले रुसी तेल खरिद बन्द गर्ने सहमति जनाएको छ। यद्यपि, उनले यसबारे विस्तृत विवरण सार्वजनिक गरेका छैनन्। भारतले अब अमेरिका र भेनेजुएलाबाट तेल खरिद गर्ने उनको भनाइ छ।

उल्लेखनीय छ, ट्रम्पले विगतमा पनि भारतले रुसी तेल खरिद रोक्ने दाबी गर्दै आएका थिए।

सम्झौताअनुसार भारतले अमेरिकी सामानमा लाग्ने आयात कर शून्यमा झार्ने र अमेरिका बाट ५०० अर्ब डलर बराबरको ऊर्जा, प्रविधि तथा कृषि उत्पादन खरिद गर्ने सहमति भएको ट्रम्पले बताएका छन्।

यसलाई उनले अमेरिकी अर्थतन्त्रका लागि “ठूलो उपलब्धि”को रूपमा प्रस्तुत गरेका छन्।

भारत सरकारले औपचारिक विज्ञप्ति जारी नगरे पनि प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल ‘एक्स’मार्फत भन्सार दर कटौतीको स्वागत गरेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077