Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

राष्ट्रिय सभा निर्वाचन: मतदान सम्पन्न, बागमती, लुम्बिनी र कर्णालीमा मतगणना सुरु

राष्ट्रिय सभा निर्वाचन: मतदान सम्पन्न, बागमती, लुम्बिनी र कर्णालीमा मतगणना सुरु

आइतवार , माघ ११, २०८२

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनको मतदान सम्पन्न भएको छ।

निर्वाचन आयोगका अनुसार कुल मतदातामध्ये ९५.६८ प्रतिशतले मतदान प्रक्रियामा सहभागिता जनाएका छन्।

आयोगले उपलब्ध गराएको जानकारीअनुसार बिहान ९ बजेदेखि सुरु भएको मतदान अपराह्न ३ बजेसम्म सञ्चालन गरिएको थियो। तोकिएको समय सीमाभित्रै सबै मतदान केन्द्रमा मतदान कार्य सम्पन्न भएको आयोगले जनाएको छ।

मतदान प्रक्रिया शान्तिपूर्ण, व्यवस्थित र उत्साहजनक वातावरणमा सम्पन्न भएको आयोग जनाएको छ ।

आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार बागमती, लुम्बिनी र कर्णालीमा पनि मतगणना सुरु भएको छ । मतगणना सकिएसंगै मतपरिणाम सार्वजनिक गरिने भट्टराईले बताए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077