Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अदालत जलेको होइन जलाइएको हो, खरानी टकटक्याएर उठेको छौँ : प्रधानन्यायाधीश राउत

अदालत जलेको होइन जलाइएको हो, खरानी टकटक्याएर उठेको छौँ : प्रधानन्यायाधीश राउत

शुक्रवार , माघ ९, २०८२

बागलुङ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले भदौ २३ र २४ गतेको आन्दोलनमा अदालत जलेको नभइ जलाइएको बताएका छन् ।

बागलुङ बजारमा उच्च अदालत पोखरा बागलुङ इजलासको नवनिर्मित भवनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले न्यायालय जलाइए पनि अहिले खरानी टकटक्याएर उठेको बताए ।

‘अदालत जलेको होइन नियोजित रुपमा जलाइएको छ, यो कुरा सबैलाई थाहा छ,’ उनले भने, ‘अहिले हामी उठिसकेका छौं । नागरिकको न्याय पाउने अधिकार रक्षा गर्न हामी संघर्ष गरेर अगाडि बढेका छौं ।’ अदालत जलाउँदा सर्वोच्चमा रहेको २२ हजार मिसिल जलेको अहिलेसम्म १४ हजार मिसिल प्राप्त भइसकेको उनले बताए ।

‘कानुन व्यवसायीबाट सहयोग लिएर जलेका मिसिल संकलन गर्ने काम गरिरहेका छौं, अहिलेसम्म १४ हजार मिसिल प्राप्त भैसकेको छ,’ उनले भने, ‘देशलाई कानुनबिहीनता र न्याय प्रति अविश्वास जगाउने गरी आगो लगाउने काम भएको हो ।’

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077