Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

महामन्त्रीद्धयलाई कारबाही गरेपछि देउवा र खड्काको निवासमा सुरक्षाकर्मीको संख्या बढाइयो

महामन्त्रीद्धयलाई कारबाही गरेपछि देउवा र खड्काको निवासमा सुरक्षाकर्मीको संख्या बढाइयो

बुधवार , पौष ३०, २०८२

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निवासमा सुरक्षाकर्मीको संख्या बढाइएको छ।

कांग्रेस केन्द्रीय समितिले बुधबार महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मामाथि कारबाही गरेपछि उत्पन्न अवस्थालाई मध्यनजर गर्दै सुरक्षा सतर्कता बढाइएको हो।

काठमाडौं प्रहरीका अनुसार देउवाको अस्थायी निवास महाराजगञ्ज र खड्काको निजी निवासमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको संयुक्त टोली परिचालन गरिएको छ।

महामन्त्रीद्वय थापा र शर्माको नेतृत्वमा काठमाडौँको भृकुटीमण्डपमा नेपाली कांग्रेसको विशेष दोस्रो महाधिवेशन सञ्चालन भइरहेको छ। उक्त महाधिवेशन पार्टी अनुशासन विपरीत रहेको ठहर गर्दै कांग्रेस केन्द्रीय समितिले बुधबार गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फमुल्ला मन्सुरलाई पाँच वर्षका लागि पार्टी सदस्यसमेत नरहने गरी कारबाही गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077