पाल्पा । पाल्पामा भएको टिप्पर दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
रिद्दिकोट गाउँपालिका-२ स्थित जोर्ते उकालोमा ना८ख ३६५ नम्बरको टिप्पर दुर्घटनामा परेको हो ।
नवलपरासीको पाल्पा सिमेन्ट उद्योगबाट गुल्मीतर्फ आउँदै गरेको उक्त टिप्पर आज बिहान करिब साढे ४ बजेको समयमा सडकबाट करिब २५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा टिप्पर चालक केशव परियारको घटनास्थलमै मृत्यु भएको हो