Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

प्रधानमन्त्री कार्कीको प्रेस सल्लाहकारमा रामबहादुर रावल नियुक्त

प्रधानमन्त्री कार्कीको प्रेस सल्लाहकारमा रामबहादुर रावल नियुक्त

मंगलवार , पौष २९, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको प्रेस सल्लाहकारमा पत्रकार रामबहादुर रावल नियुक्त भएका छन्।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई प्रेस सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

सोहि अनुसार रावल प्रेस सल्लाहकारमा नियुक्त गरिएको हो ।

उनी यसअघि प्रधानमन्त्रीको प्रेस संयोजकका रूपमा कार्यरत रहँदै आएका थिए।

नेपाल खबरका सम्पादक रावल राजीनामा दिएर प्रधानमन्त्रीको प्रेस संयोजक भएका थिए । दृष्टि साप्ताहिकबाट पत्रकारिता प्रारम्भ गरेका रावलले नेपाल एफएम हुँदै कान्तिपुरको नेपाल म्यागजिन, कान्तिपुर टेलिभिजनमा समाचार को-अर्डिनेटर र ग्यालेक्सी फोरके टेलिभिजनको सम्पादक भएर यस क्षेत्रमा झन्डै दुई दशक काम गरेका छन् ।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077