Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

निकोलस मादुरोका छोराको चेतावनी - राष्ट्रपति अपहरण सामान्य बन्यो भने विश्व असुरक्षित हुन्छ

निकोलस मादुरोका छोराको चेतावनी - राष्ट्रपति अपहरण सामान्य बन्यो भने विश्व असुरक्षित हुन्छ

मंगलवार , पौष २२, २०८२

एजेन्सी । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोका सांसद छोरा निकोलस मादुरो गुएराले अमेरिकाले आफ्ना बुवाआमालाई पक्राउ गरेका विषयमा पहिलोपटक मुख खोलेका छन् ।

अमेरिकी सैन्य कारबाहीको कडा आलोचना गर्दै मदुरो गुएराले कुनै देशका निर्वाचित राष्ट्रपतिको अपहरणलाई सामान्य घटनाजस्तै स्वीकार गरिएमा त्यसले सम्पूर्ण विश्वलाई असुरक्षित बनाउने चेतावनी दिएका हुन् ।

'यदि कुनै देशको राष्ट्रपतिको अपहरणलाई सामान्य बनाइयो भने कुनै पनि मुलुक सुरक्षित हुनेछैन ।‘यो क्षेत्रीय समस्या मात्र होइन, विश्वव्यापी राजनीतिक स्थिरताका लागि प्रत्यक्ष खतरा हो,’ उनले भने ।

मादुरो गुएराले अमेरिकासँग आफ्ना आमाबाबुको रिहाइ माग पनि गरेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077