Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रास्वपासँगको एकीकरणपश्चात् कुलमानले खोले मुख, देशको हितलाई सर्वोपरि राखेर एक ठाउँमा उभियौँ

रास्वपासँगको एकीकरणपश्चात् कुलमानले खोले मुख, देशको हितलाई सर्वोपरि राखेर एक ठाउँमा उभियौँ

मंगलवार , पौष १५, २०८२

काठमाडौं । उज्यालो नेपाल पार्टीका संरक्षक तथा ऊर्जामन्त्री कुलमान घिसिङले व्यक्तिगत लाभभन्दा जनताको हितलाई सर्वोपरि राखेर आफूहरू अघि बढेको बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँगको एकीकरण गरेको १४ घण्टापछि पश्चात् उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

आज सामाजिक सञ्जाल फेसबुकमा उनले दुई पार्टीबीच भएको ऐतिहासिक एकीकरणको सहमतिले देशलाई सही निकासतर्फ लैजाने विश्वास लिइएको उल्लेख गरेका छन् ।

उनले लेखेका छन्- 'उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच ऐतिहासिक एकीकरणको सहमति भएको छ । पद, स्वार्थ र व्यक्तिगत लाभभन्दा माथि उठेर जनताको चाहना र देशको हितलाई सर्वोपरि राख्दै उज्यालो भविष्यको मार्गतर्फ हामी एक ठाउँमा उभिएका हौँ। यो एकीकरणले देशलाई सही निकासतर्फ लैजाने दृढ विश्वास लिएका छौँ ।'

''

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077