Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ऊर्जामन्त्री घिसिङले बुझाए सम्पत्ति विवरण

ऊर्जामन्त्री घिसिङले बुझाए सम्पत्ति विवरण

शुक्रवार , कार्तिक २८, २०८२

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले सम्पत्ति विवरण बुझाएका छन् ।

मन्त्री घिसिङले शुक्रबार प्रधानमन्त्री कार्यालयमा सम्पत्ति विवरण बुझाएका हुन् । कुलमानले सम्पत्ति विवरण नबुझाएको भन्दै आलोचना भएपछि उनले शुक्रबार मात्रै विवरण बुझाएका छन् ।

यसअघि प्रधानमन्त्री सुशीला कार्की, अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, उद्योगमन्त्री अनिलकुमार सिन्हा, शिक्षामन्त्री महावीर पुन, कृषिमन्त्री मदनप्रसाद परियार र खेलकुदमन्त्री बब्लु गुप्ताले सम्पत्ति विवरण बुझाइसकेका छन् ।

अब सम्पत्ति विवरण नबुझाउने मन्त्रीको सूचीमा सञ्चारमन्त्री जगदीश खरेल र स्वास्थ्य मन्त्री सुधा गौतम छन् ।

मन्त्रीहरुले सम्पत्ति विवरण बुझाएको पनि सार्वजनिक भने भएको छैन ।

 

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077