Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

शेयर कारोबारी दीपेन्द्र अग्रवाल ४९ लाख धरौटीमा थुनामुक्त

शेयर कारोबारी दीपेन्द्र अग्रवाल ४९ लाख धरौटीमा थुनामुक्त

सोमवार , पौष १४, २०८२

काठमाडौं । सेयर दलालका रुपमा परिचित दीपेन्द्र अग्रवाल धरौटीमा रिहा भएका छन् ।

काठमाडौं जिल्ला अदालतले अग्रवाललाई आइतबार ४९ लाख १९ हजार ८६५ रुपैयाँ धरौटी जमानत लिएर छाड्न आदेश दिएको थियो ।

उनी धरौटी बुझाएर प्रक्रिया पुर्‍याएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनीलाई आज छाडे्को हो ।

अग्रवालले सेयर कारोबार मार्फत लगानीकर्ता तथा धितोपत्र दलाल कम्पनीलाई ठगी गर्दै आएका थिए ।

त्यतिमात्रै होइन अग्रवालल आफूले सेयर खरिद गरिसकेपछि समाजिक सञ्जाल मार्फत लगानीकर्तालाई खरिद गर्न लगाउने र मूल्य नै तोकेर यति पुर्‍याउने भन्दै झुट्टा अस्वासन दिने गर्थे ।

नेपाल धितोपत्र बोर्ड (सेबोन) को उजुरीका आधारमा अग्रवाललाई सिआइबीले पुस ४ गते काठमाडौँको चुनदेवी क्षेत्रबाट पक्राउ गरेको थियो । बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदनअनुसार अग्रवालले जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर कारोबारका क्रममा भ्रामक सूचना सार्वजनिक गरी उच्च मूल्यमा शेयर बिक्री गरेको आरोप छ । धितोपत्रसम्बन्धी ऐन, २०६४ को दफा ९७ ९ग० अनुसार उनले बदनीयतसाथ तथ्य लुकाएर झूटा विवरण प्रस्तुत गरेको उल्लेख गरिएको छ ।

प्रतिवेदनमा अग्रवालले अन्य टिएमएस प्रयोगकर्तामार्फत आपसी खरिदबिक्री गरी वास्तविक स्वामित्व नबदलिने कारोबार गरेको र यसरी करिब ४९ लाख रुपैयाँभन्दा बढी गैरकानुनी नाफा कमाएको आरोप लगाइएको छ । साथै, उनले कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य पनि कृत्रिम रूपमा बढाएको बोर्डको निष्कर्ष छ ।

यसअघि, अग्रवाल र सिप्ला सेक्युरिटिज (ब्रोकर नम्बर २०)बीच पनि विवाद देखिएको थियो ।

सिप्ला सेक्युरिटिजले २०८१ असोजमा अग्रवालले १६ करोड रुपैयाँ नदिएको भन्दै सीआईबीमा उजुरी दिएको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077