Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्री कार्कीले देउवा, ओली र प्रचण्डसँग छलफल गर्ने

प्रधानमन्त्री कार्कीले देउवा, ओली र प्रचण्डसँग छलफल गर्ने

शुक्रवार , पौष ११, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशिला कार्की र प्रमुख तीन दलका शीर्ष नेताबिच शनिबार निर्वाचनबारे छलफल हुने भएको छ ।

शनिबार प्रधानमन्त्री कार्कीले शनिबार तीन दलका शीर्ष नेतासँग छलफल गर्न लागेकी हुन् ।

सरकारले फागुन २१ मा निर्वाचन गर्ने तयारी गरेपनि दलहरूले शान्ति सुरक्षा लगायतमा प्रश्न उठाउँदै आएका छन् । खासगरी नेकपा एमालेले यसबारे प्रश्न उठाइरहेका बेला सरकारका मन्त्रीहरू नेता र पार्टी कार्यालय पुगेर निर्वाचनको वातावरण बनाउने प्रयत्नमा लागेका छन् ।

यसअघि पनि राष्ट्रपति रामचन्द्र पौडेलको अगुवाइमा प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको शीतलनिवासमा भेटवार्ता भएको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077