Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्रीको सचिवालयले भन्यो– नातेदार नियुक्तिको आरोप असत्य, २० जनाको सानो सचिवालय छ

प्रधानमन्त्रीको सचिवालयले भन्यो– नातेदार नियुक्तिको आरोप असत्य, २० जनाको सानो सचिवालय छ

सोमवार , मंसिर ८, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयमा पारिवारिक तथा नातेदारका व्यक्तिहरूलाई नियुक्त गरेको भन्ने समाचार सार्वजनिक भएसँगै प्रधानमन्त्रीको निजी सचिवालयले उक्त विषयमा स्पष्टीकरण दिएको छ।

लगातार आलोचना बढेपछि सचिवालयले विज्ञप्ति नै जारी गरेर आरोपहरू असत्य, मनगढन्ते र नियोजित रूपमा फैलाइएको जनाएको छ। प्रमुख स्वकीय सचिवलाई लाञ्छना लगाई अनावश्यक रुपमा जोडिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । साथै कतै थर र कतै जातीय पृष्ठभूमि मिलेकै आधारमा जबरजस्ती नातेदार भनी प्रचार गरिएको जिकिर गरेको छ ।

प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठले आफ्नो श्रीमतीसहित परिवारका सदस्य र नातेदारलाई सचिवालयमा नियुक्त गरेको भन्दै आलोचना भइरहँदा प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले विज्ञप्तिमार्फत राज्यकोषमा कम भार पार्ने उद्देश्यले सचिवालय न्यूनतम जनशक्तिबाट सञ्चालन गरिएको प्रष्ट पारेका छन्।

६७ दरबन्दी रहेको सचिवालयलाई विगतका सरकारले अधिकांश पदले भरिदिने गरेकामा कार्कीले केवल २० जनाको सानो टोलीमार्फत सचिवालय सञ्चालन गरिरहेको उल्लेख गर्दै व्ययभार अत्यन्त कम भएको विज्ञप्तिमा उल्लेख छ ।

सचिवालयले प्रमुख स्वकीय सचिवमाथि थर र जातीय पृष्ठभूमि मिलेको आधारमा जबरजस्ती नातेदारी जोडेर लाञ्छना लगाइएको भन्दै यो प्रकारको ‘नियोजित बदनाम अभियान’ ले भ्रम सिर्जना भएको र त्यसो नगर्न अनुरोध गरेको छ ।

प्रधानमन्त्री कार्कीका प्रेस संयोजक रावलका अनुसार प्रधानमन्त्रीको परिवारमा श्रीमान् मात्रै रहेका कारण पारिवारिक सहयोग पुर्याउन सक्षम, विश्वासिलो र वृद्ध उमेरका कारण चौबीसैै घण्टा साथमा रहन सक्ने व्यक्ति नियुक्त गरिएको हो।

सुरक्षा र कार्यसूचीका कारण प्रधानमन्त्रीसँग नजिकबाट समन्वय गर्नुपर्ने भएकाले विश्वासिलो र कानूनसम्मत रूपमा छनोट गरिएका व्यक्तिलाई नियुक्त गर्दा अन्यथा व्याख्या नगर्न सचिवालयले आग्रह गरेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077