Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

तोडिएका ठेक्काको तत्काल टेन्डर आह्वान गर्न मन्त्री घिसिङको निर्देशन

तोडिएका ठेक्काको तत्काल टेन्डर आह्वान गर्न मन्त्री घिसिङको निर्देशन

शनिवार , पौष ५, २०८२

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडकका योजनाको निर्माण सुनिश्चिता गर्न तत्काल नयाँ टेन्डरको प्रक्रिया सुरु गर्न निर्देशन दिएका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको चालु आर्थिक वर्ष २०८२/०८३ को प्रथम त्रैमासिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको शुक्रबारको बैठकमा मन्त्री घिसिङले रद्ध गरिएका ठेक्काको बाँकी कामको नापजाँच र निर्माण पूरा गर्न लाग्ने बजेटको मूल्यांकन गरी तत्काल टेन्डरको नयाँ प्रक्रिया अगाडि बढाउनु पर्ने बताए ।

सडक विभागअन्तर्गत ठेक्का लिई अलपत्र पारिएका सडक एवं पुल निर्माणका ४३ वटा ठेक्का तोडिएको छ । ४३ वटा ठेक्काको कुल रकम दुई अर्ब ९७ करोड ७९ लाख रुपैयाँ रहेको छ ।

ठेक्का तोडिएका योजनाको स्रोत व्यवस्थापन पहिले नै भएकाले हाल आएर समस्या नरहेको उनको भनाइ छ । यदि, समस्या देखिए अर्थ मन्त्रालयसँग आवश्यक पहल र सहजीकरण गरिने उल्लेख गर्दै मन्त्री घिसिङले पुल निर्माणमा वहुवर्षीय सहमतिमा देखिएको अन्यौल हटाइने बताए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077