काठमाडौं । विसं २०८३ को पञ्चांग २०८२ साल अनुरूप नै प्रकाशन हुने नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ ।
विविध कारणबाट पञ्चांग रुजु र छलफल गर्न ढिलाइ भइसकेको र केतकी ग्रहगणितबाट पञ्चांग खण्ड तयार गर्न केही समय लाग्ने एवं थप छलफल गर्नुपर्ने देखिएकाले पञ्चांग प्रकाशन गर्न ढिलाइ भइसकेको पञ्चांग निर्णायक विकास समितिले बताएको छ ।
सेवाग्राहीलाई समस्या पर्ने देखिएकाले २०८२ साल अनुरुप नै ०८३ को पञ्चांग प्रकाशन गर्न लागिएको समितिका कार्यकारी निर्देशक आचार्य लक्ष्मण पन्थीले जानकारी दिए ।
विसं ०८३ को पञ्चांग केतकी ग्रहगणितको आधारमा गणना गरी समितिमा पेस गर्नु भनी सूचना जारी गरिएको थियो ।
समितिको निर्णयअनुसार प्रकाशित हुने पञ्चांगका सन्दर्भमा गत वर्ष नै पञ्चांग खण्ड परम्परागत सौरोक्त पद्धतिमा आधारित रही गर्ने निर्णय भएको थियो ।
अन्य ग्रहहरू ज्योतिर्गणितम् तथा केतकी ग्रहगणितम्का आधारमा गणना गरी पञ्चांग प्रकाशित भएको थियो ।