Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य

सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य

मंगलवार , मंसिर २३, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत जारी पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्ससामु जितका लागि १५६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५५ रन बनायो ।

सुदूरपश्चिमका विनोद भण्डारीले ६३, आरिफ शेख र शेल्डन ज्याक्सनले समान २० रन बनाए । विराटनगरका प्रतिस जिसी र मर्चेन्ट डे लाङ्गेले २/२ विकेट लिए ।

दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम शीर्ष र सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर दोस्रो स्थानमा रहेर प्लेअफमा पुगेका हुन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077