Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

भालुको आक्रमणबाट दुई जना गम्भीर घाइते

भालुको आक्रमणबाट दुई जना गम्भीर घाइते

सोमवार , मंसिर २२, २०८२

रसुवा। रसुवामा जङ्गली भालुको आक्रमणबाट दुई जना गम्भीर घाइते भएका छन् ।

भालुको आक्रमणबाट घाइते हुनेमा नौ कुण्ड गाउँपालिका-५ खाल्चेतका ६५ वर्षीय मानबहादुर तामाङ र कालिका गाउँपालिका–५ डिगाउँका ५० वर्षीय शिवप्रसाद गजुरेल रहेका छन्।

उनीहरूलाई आज बिहान मात्रै भालुको आक्रमणमा परेका हुन् ।

घाँस काट्दै गरेको अवस्थामा लाङ्टाङ राष्ट्रिय निकुञ्जको जङ्गलबाट निस्केको भालुले आक्रमण गरेको थियो ।

भालुले आक्रमण गरेपछि स्थानीयस्तरमा प्राथमिक उपचार पश्चात् थप उपचारका लागि काठमाडौं पठाइएको रसुवा प्रहरीले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077