Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

बागलुङमा जिप दुर्घटना, आठजना घाइते

बागलुङमा जिप दुर्घटना, आठजना घाइते

बिहिवार , मंसिर १८, २०८२

बागलुङ । बागलुङमा जिप दुर्घटना हुँदा आठजना घाइते भएका छन् ।

जिल्लाको बागलुङ नगरपालिका–८ सिगाना सेरामा बिहीबार (मंसिर १८) दिउँसो साढे ४ बजे बरेङबाट बागलुङ बजातर्फ आउँदै गरेको ग ३ च ४८३४ नम्बरको जिप दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी चालक सुसान्त जिसीसहित प्रशान्त खड्का, सावित्री भण्डारी, विस्मिता भण्डारी, सपना भण्डारी, निशा भण्डारी, चन्द्र भण्डारी र झुपा भण्डारी घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक कमलजंग थापाले जानकारी दिए ।

घाइतेहरूलाई धौलागिरी प्रादेशिक अस्पताल बागलुङमा ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077