Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आज मंसिर १८ गते बिहिबार, यस्तो छ तपाईंको राशिफल

आज मंसिर १८ गते बिहिबार, यस्तो छ तपाईंको राशिफल

बिहिवार , मंसिर १८, २०८२

काठमाडौं । आज २०८२ मंसिर १८ गते बिहिबारको राशिफल ।

मेष

मेहनत अनुसारको परिणामले आत्मविश्वास जगाउनेछ। सहयोगीहरूको साथ मिल्नाले नयाँ काममा मन लाग्नेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ।

मिथुन

साहित्य वा लेखन कलामा प्रगति हुनेछ। चुनौतीहरूलाई पन्छ्याउँदै नयाँ कीर्तिमान स्थापित गर्न सक्नुहुनेछ। व्यापार व्यवसायमा मनग्य लाभ हुनेछ। आजको शुभ रंग हल्का रातो हो भने शुभ अंक ८ रहेको छ।

सिंह

शैक्षिक क्षेत्र फराकिलो बन्नेछ। पारिवारिक सद्भावमा कमी आउनेछ। जग्गा जमिनबाट लाभ मिल्नेछ। स्वास्थ्यमा टाउको दुख्ने समस्याले सताउनेछ। आजका शुभ रंग केशरी हो भने शुभ अंक २ रहेको छ।

तुला

नयाँ कामको प्रस्ताव आउनेछ। परिस्थितिवश आफन्तहरूबाट टाढिनुपर्ला। लाभप्रद कामले लोभ्याए पनि फजुल खर्च हुनेछ। लेनदेनमा साथीभाइसँग असमझदारी बढ्ला सावधान रहनुहोस्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ६ रहेको छ।

धनु

सञ्चित धन खर्च गर्नुपर्ला। अवसरवादीहरूले हजुरको कमी कमजोरीको फाइदा उठाउनेछन्। उपलब्धिहीन कार्यमा समय व्यतीत हुनेछ। स्वास्थ्यमा सुधार आउनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ६ रहेको छ।

कुम्भ

प्रतीक्षित नतिजा कमजोर देखिनाले केही काम दोहोराएर गर्नुपर्ला। नोकरी वा पेशामा सहयोगीहरुबाट सहयोग पाइनेछ। अप्ठ्यारा समस्यालाई आफ्नो अनुकूल बनाउन सक्नुहुनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ३ रहेको छ।

बृष

सुन्दर पहिरनले व्यक्तित्वमा निखार आउनेछ भने बोलीको प्रभावले धेरैलाई प्रभावित पार्न सक्नुहुनेछ। कला वा चलचित्रको क्षेत्रबाट विशेष लाभार्जन गर्न सकिनेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

कर्कट

मेहनतले गर्दा पहिला रोकिएका प्रतिफल प्राप्त हुनेछन्। शिक्षाको क्षेत्रमा मानसम्मान पाउनुका साथै विशेष उपहार प्राप्त होला। मांगलिक कार्यको चर्चा हुनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ।

कन्या

रचनात्मक कार्य प्रारम्भ गर्न सकिनेछ। रमाइलो जमघटको बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। पहिलाका कमी कमजोरीलाई सुधार्ने समय रहेको छ। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।

बृश्चिक

श्रमको उचित मूल्यांकन पाइनेछ। व्यापारमा राम्रो फड्को मार्न सक्नुहुनेछ। पहिलाका रोकिएका कामहरू बन्नेछन्। नोकरीमा जिम्मेवारी बढ्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।

मकर

अरुको सहयोगमा जुट्नु परे पनि आफैंलाई लाभ हुनेछ। तारिफ योग्य सामाजिक कार्य सम्पादन गर्न सकिनेछ। मेहनत अनुसार राम्रो उपलब्धि प्राप्त हुनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ८ रहेको छ।

मीन

काम बन्न समय लागे पनि सकारात्मक संकेत प्राप्त हुनेछ। यात्रा अलि कष्टपूर्ण रहनेछ। व्यापारिक लगानीमा जोखिम बढ्न सक्छ सावधान रहनुहोला। अतिथिको रूपमा मानसम्मान प्राप्त होला। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ७ रहेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077